ABC ( Sanchar) नेपाल प्रहरीका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवासँगै पदस्थापन भएको छ ।
एआईजी धीरजप्रताप सिंहको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)
मा पदस्थापन गरिएको छ । सिंह यसअघि पनि सीआईबीमा कार्यरत थिए ।
त्यसैगरी प्रदेश समन्वय विभागमा एआईजी बसन्तकुमार पन्त र प्रशासन विभागमा एआईजी रबिन्द्रबहादुर धानुकको पदस्थापन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु कुमार केसीले सुरक्षा न्युजलाई जानकारी दिए । 
बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उनिहरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बिहीबार साँझ प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक (आईजिपी) शैलेश थापा क्षेत्रीले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए । surakshya news बाट