१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

आइजीमा सिंह, अर्याल र जोशी अगाडि

Logo
प्रकाशित मंगलबार, बैशाख ०६, २०७९

काठमाडौं । १९ वैशाखमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रहरी बल दुवैको नेतृत्व परिवर्तन हुँदैछ । सशस्त्र प्रहरीमा भावी नेतृत्वको विषय प्रष्ट भइसकेको छ भने नेपाल प्रहरीमा चार एआइजीबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ ।

सशस्त्रमा राजु अर्यालको एआइजीमा बढुवा सिफारिससँगै उनी भावी महानिरीक्षकमा पक्का भएका हुन् । सशस्त्रमा एआइजीमध्येबाट आइजिपी हुने प्रावधान छ । १९ वैशाखमा एक्लो प्रतिस्पर्धी हुने भएकाले कुनै चलखेल हुने अवस्था छैन ।नेपाल प्रहरीमा भने आइजिपी फेरिने दिन नजिकिदै गर्दा दौडधुप बढेको छ । विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्रसिंह धानुकबीच तिव्र प्रतिस्पर्धा छ । उनीहरुमध्ये पोखरेल र थापा सिनियर भएपनि उनीहरुलाई तत्कालीन केपी शर्मा ओली सरकारले विशेष दरबन्दी थपेर बढुवा गरेको थियो । सिंह र धानुक गत महिना बढुवा भएका हुन् । चारै जना एउटै ब्याचका अधिकृत हुन् । तत्कालीन ओली सरकारले त्यतिबेला स्थानीय, प्रदेश र संघको निर्वाचनलाई ध्यानमा राखेर पोखरेललाई आइजी बनाउने रणनीति बनाएपनि अहिले परिस्थिति फेरिएको छ । पोखरेललाई एआइजी बनाएपछि प्रहरीमा व्यापक असन्तुष्टि छाएको थियो । ओलीको सत्ता बहिर्गमनसँगै पोखरेलको सपना पनि चकनाचुर भएको छ । आइजी नहुने भएपछि उनी नवराज सिलवालको नजिर बोकेर सर्वोच्च जाने तयारीमा छन् । बालुवाटार स्रोतका अनुसार नेपाल प्रहरीको आइजीमा सिंह र राष्ट्रिय अनुसन्धान विभागका जोशीको सम्भावना छ ।चुनावको मुखमा चारै जना काममा भन्दा शक्तिकेन्द्रमा दौडधुपमा व्यस्त छन् । सरकारले छिटो निर्णय गर्न नसक्दा निर्वाचनको मुखमा आइजी नियुक्तिमा राजनीतिकरण हुने जोखिम छ ।

उता, राष्ट्रिय अनुसन्धान विभागमा पनि नयाँ नेतृत्वका लागि यतिबेला चर्काे प्रतिस्पर्धा छ । हालका एआइजी यादव रेग्मीले ११ वैशाखमा अवकाश पाउने भएपछि उनको पदमा बढुवा लागि डिआइजीबीच दौडधुप छ । हाल जो एआइजी हुन्छ वैशाखमा उही प्रमुख हुने भएकाले प्रतिस्पर्धा अस्वस्थ बन्न पुगेको छ ।

एआइजीमा बढुवाका लागि डिआइजीहरू हुतराज थापा, टेकेन्द्र कार्की, हरिहर पौडेल, ओम जोशी, कुलदिप थापा, सुनिल ढकाललगायत प्रतिस्पर्धामा छन् । डिआइजी जोशी आफु सुदुरपश्चिमको भएकाले आफुलाई नै बनाउनुपर्ने भन्दै दैनिक जसो सुदुरपश्चिमका नेताहरूलाई भेटेर लबिङ गर्दै आएका छन् । तर, कार्यक्षमतामा उनी कमजोर मानिन्छन् ।

हालका गुप्तचर प्रमुख यदुलाल खरेलले भदौको अन्तिममा अवकाश पाउनेछन् । त्यो अवस्थामा अहिलेको पाँच डिआइजीमध्ये एक प्रमुख हुनेछन् । गुप्तचरमा एआइजीको एक दरबन्दी थप्ने चलखेल भएपनि निर्वाचन आचारसंहिता लागिसकेकाले एकजना मात्र बढुवा हुने भएका छन् ।

सशस्त्र प्रहरीमा पनि एआइजी बढुवामा प्रतिस्पर्धा हुने देखिएको छ । १९ वैशाखपछि सशस्त्रमा एआइजीका दुई दरबन्दी रिक्त हुँदैछ । जसमा तीन डिआइजीबीच प्रतिस्पर्धा छ । नारायदत्त पौडेल बढुवामा पर्ने सम्भावना धेरै छ । अर्काे एक पदमा भने चन्द्रप्रकाश गौतम र बंशी दाहालबीच प्रतिस्पर्धा देखिएको छ । दाहाल डिआइजी बढुवामा पछि परेको भएपनि राजनीतिक नेतृत्वसँग उनको राम्रो सम्बन्ध छ । गौतमले आफु आइजी हुने पक्का भनेर हल्ला फैलाएपनि उनलाई एआइजी हुनै गाह्रो हुने अवस्था बनेको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]