२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

दाङको लमहीमा ३ महिने मोबाइल मर्मत सम्बन्धि तालिमको उद्घाटन

Logo
प्रकाशित आइतबार, बैशाख ११, २०७९

मेगमन बुढा

दाङ । लमही नगरपालिकाको आर्थिक सहयोग तथा देउखुरी मोबाइल व्यवसायी संघको आयोजनामा ३ महिने मोबाइल मर्मत सम्बन्धि तालिम आज एक कार्यक्रमको बीचमा उद्घाटन भएको छ ।

जनतासंग मेयर कार्यक्रम अन्तरगतद्वारा संचालन हुन लागेको ३ महिने तालिमलाई विधिवत रुपमा लमही नगरपालिकाका प्रमुख मेयर कुलबहादुर केसीले शनिबार उद्घाटन गर्नु भएको हो ।

त्यसैगरी उक्त तालिमको उद्घाटन गर्दै नगर प्रमुख मेयर केसीले समयको दौरान संगै अहिलेको विशेष आवश्यकतालाई मध्यनजर गरेर देउखुरी मोबाइल व्यवसायी संघ मार्फत लमही नगरपालिकाले जनतासंग मेयर कार्यक्रमद्वारा संघमा आबद्ध व्यवसायी कर्मीहरुलाई मोबाइल मर्मत सम्बन्धि ३ महिने तालिमको योजना पारिएको बताउनु भयो ।

सो कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका
प्रमुख-मेयर केसीले ठुलो व्यवसायी मार्फत आफ्नो व्यवसायी शुरु गर्नु भन्दा सानै व्यवसायीदेखि सीप सिकेर सुरुवात गरेर अघि बढ्न सके व्यवसायीको क्षेत्रबाट ठुलो उपलब्धि हासिल गर्न सकिने बताउनु भयो ।

आफुले आफ्नो कार्यकालमा विकास निर्माणका काम सहित अन्य विभिन्न सीपमूलक तालिम सहित जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न सकेको नगर प्रमुख मेयर केसीले दाबी गर्नु भयो । मान्छेले कुनैपनि काम कार्यको थालनी गर्नको लागि पहिले प्रमुख उदेश्य राख्नु पर्ने र साथसाथै साहस एवं हिम्मत र कर्म गर्नु पर्ने बताउनु भयो । यस्तै उहाँले काम कार्य गर्नेको लागि अल्छि,कायर मान्छेले कहिले आफ्नो उदेश्यमा पुग्न नसक्ने र सफलता पाउन नसक्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि भिम भुसालले देउखुरी मोबाइल व्यवसायी संघ एउटा व्यापार र व्यवसायीहरुको हकहितका लागि मात्र नभएर समाजिक कार्यहरुमा पनि अग्रसर भएर कार्य गरिरहेको बताउनु भएको छ ।

संघले विशेषगरी आफ्नो स्थापनाकालदेखि नै समाजमा बसोबास गर्ने निम्न वर्ग जो आफ्नो उपचार आफै गर्न नसक्ने स्थिति भएका ती ब्यक्तिहरुलाई उपचार गर्न आर्थिक सहयोगदेखि लिएर आफ्नो संघमा आबद्ध व्यवसायी कर्मीलाई माथि उकास्न आर्थिक तथा सामग्रीहरु सहयोग गर्दै आइरहेको बताउनु भयो ।

त्यस्तै वर्तमान अध्यक्ष बिजय सिं ठकुरीले संघमा आबद्ध पदाधिकारीहरुले सफ्टवेयर जानेको भएपनि हार्डवेयर नजान्ने भएको हुँदा उहाँहरुलाई सीपमूलक तालिम मार्फत उक्त सीप सिकाउने उदेश्यले लमही नगरपालिकासंग समन्वय गरेर सो तालिम प्रदान गर्न खोजेको बताउनु भयो । हामीले शुरुमा २० जनाको लागि तालिम सुरुवात गरेका छौं,तर आगामी दिनमा यो भन्दा अझ ठुला बजेटहरुको व्यवस्थापन गरेर ठुलै तालिमको आयोजना गरि अन्य पदाधिकारीलाई सीपमूलक तालिम प्रदान गर्छौं अध्यक्ष ठकुरीले भन्नू भयो ।

संघका अध्यक्ष बिजय सिं ठकुरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यता एवं संघका संस्थापक अध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार भिम भुसालको विशेष अतिथिमा उद्घाटन भएको कार्यक्रममा संघका उपाध्यक्ष दिनेश भण्डारी र संघको लमही नगरका इन्चार्ज माधव भुसालले अतिथिहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

उक्त तीन महिने तालिममा २० जना सहभागी रहने छन् भने तालिमको प्रशिक्षकमा टोपलाल भुसाल र जिबराज खड्का रहनु हुने छ । तालिम भोलि बिहान ७ बजेदेखि १० बजेसम्म दैनिक रुपमा ३ घन्टा चल्ने जनाइएको छ ।

संघका प्रबक्ता टोपलाल भुसालको स्वागत मन्तव्यबाट संचालन भएको उक्त कार्यक्रमको संचालन संघका वरिष्ठ उपाध्यक्ष राजु गिरीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!