१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

नेपाल प्रहरीका एसएसपीले नक्कली बिल पेस गरेर लुकाए अनियमितता किन ?

Logo
प्रकाशित मंगलबार, आषाढ ०७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । यो वर्ष निर्वाचनमा प्रहरीले थोरै मात्र बजेट पायो । तर, त्यो बजेट पनि मितव्ययी रुपमा खर्च भने भएन । नक्कली बिल पेश गरेर विभिन्न जिल्लाका इन्चार्ज र लेखापालहरुले मस्त कमाएका छन् ।

निर्वाचनमा गाडी भाडामा लिने तथा भ्रमण खर्चका नाममा मोटो रकम अनियमितता भएको स्रोतले बताएको छ । हरेक जसो जिल्लामा वास्तविक खर्चभन्दा धेरै खर्चको बिल पेश गरेर यस्तो अनियमितता भएको स्रोत बताउँछ ।

यस्तै अनियमितता भएको आशंकामा प्रहरी प्रधान कार्यालयले आठ एसएसपीलाई गत साता अनुगमनमा खटायो । तर, कुनै पनि समितिले अनियमितता पत्ता लगाउन नसकेको स्रोत बताउँछ । अर्काेतर्फ एक घन्टामा कागजपत्र हेरेर यस्तो अनियमितता पत्ता लाग्ने विषय पनि थिएन । किनकी चतुर लेखापालहरुले पहिले नै सबै कागजपत्र मिलाइसकेका थिए ।

अनुगमनमा आउने भनेर पहिले नै जानकारी दिएकाले पनि उनीहरुलाई सबै हिसाब मिलाउन सहज भएको थियो । एउटा रेटमा गाडी भाडामा लिने र बिल अर्काे मागेर अनियमितता भएको छ । कतिपयले भने नजिकको हाकिम तथा लेखापाल भएकाले सानोतिना गढबढलाई माफि दिएका छन् ।प्रहरी प्रधान कार्यालयले सन्दीप भण्डारीलाई प्रदेश १, टेकप्रसाद राईलाई मधेस प्रदेश, श्यामलाल ज्ञवालीलाई बागमती, दीपक थापालाई उपत्यका, भरत बोहरालाई गण्डकी, बुद्धीराज गुरुङलाई लुम्बिनी, चन्द्रकुबेर खापुङलाई कर्णाली र रामदत्त जोशीलाई सुदुरपश्चिम खटाएको थियो । सबैले प्रतिवेदन तयार पारिसकेका छन् । तर, कसैले पनि अनियमितता ओंल्याउन नसक्नुले अनुगमनको नाममा अनावश्यक खर्च मात्र भएको छ ।

केही एसएसपीलाई डिआइजी बढुवाको बेला प्रदेश खटाएर दौडधुपबाट रोक्न पनि यसरी पठाइएको चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।

कागजपत्र मिलाए पनि म्यादीको पोशाकमा समेत अनियमितता भएको स्रोत बताउँछ । केही डिआइजीहरुले कपडा व्यापारीसँग मिलेर आफ्नो प्रदेशभरी सोही ठेकदारको कपडा किन्नुपर्ने गरी सेटिङ मिलाएका थिए । त्यसरी सेटिङ मिलाउने डिआइजीहरु हाल एआइजी भइसकेका छन् । केन्द्रबाटै समेत पारदर्शी रुपमा बजेट खर्च हुन नसकेको स्रोत बताउँछ । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!