१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

चोरलाई सइले भगाए २ नम्बर प्रदेशका डिआईजी खाँले किन गरे संरक्षण ??

Logo
प्रकाशित शुक्रबार, आषाढ १०, २०७९


ABC (क्राईमबिट)
सर्लाही । मधेसमा अपराधिक गतिविधिमा संलग्न इन्सपेक्टर राजु कुर्मी बुधबार बर्खास्तीमा परे । उनीजस्तै मधेसमा दर्जनौं प्रहरी अधिकृत छन्, जो विभिन्न शक्तिकेन्द्रको आडमा अवैध धन्दामा संलग्न छन् ।

 

त्यसमध्ये एक हुन् बाराकाे प्रहरी पथलैया प्रहरी चौकीका तत्कालिन इन्चार्ज सई राधेमोहन कुशवाहा । उनले चोरलाई पक्राउ गरेर पनि छाडेको खुलेको छ । उनीविरुद्ध जाहेरी परेपनि मेधस प्रदेशका प्रमुख डिआइजी मसाउद आलम खाँले जोगाएपछि स्थानीय आक्रोशित भएका छन् ।

सर्लाहीको लालबन्दीमा रहेको बरकाती फ्युल सेन्टरबाट नगद र मोबाइल चोरी गर्ने चोरलाई भगाएपछि फ्युल सेन्टरकका संचालक जाकी अहमदले जिल्ला प्रहरी कार्यालय बारामा सई राधेमोहन कुसवाहालाई कारबाहीको माग गर्दै २०७९ बैशाख ९ गते लिखित जाहेरी समेत दिएका छन् । तर, कुसवाहलाई अझै कारबाही हुन सकेको छैन ।

 

२०७८ पुस ३० गते सर्लाहीको लालबन्दीमा रहेको बरकाती फ्यूल सेन्टरबाट तीन लाख ५० हजार नगद र एक थान मोबाइल चोरहरुले चोरी गरी भाग्दै आउँदा पथलैया क्षेत्रमा दुर्घटनामा परेका थिए ।सइ कुसवाहविरुद्ध जाहेरी दिन गएका पीडितहरु

लालबन्दीबाट पथलैया आउँदै गर्दा दुई जना चोरहरु सवार स्कुटी मोटरसाइकल दुर्घटनामा पर्दा एक चोरको उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का मकवानपुर जिल्लाको थाहा नगरपालिका ६ का अशोक रुम्बा घाइते भएका थिए ।
दुर्घटनामा परेका चोरहरुले बोकेको मोबाइल पथलैया प्रहरी चौकीमा अन गर्दा चोरी भएको मोबाइलमा फ्यूल सेन्टर संचालक जकी अहमदले फोन गरेर मोबाइल बोक्नेहरु चोर भएको र आफ्नो ३ लाख ५० हजार नगद , मोबाइलसमेत चोरी गरेर भागेको घटना सुनाएका थिए ।

सइ कुसवाहविरुद्धको जाहेरी

नगद र मोबाइल चोरी गर्ने चोर पथलैया प्रहरीको नियन्त्रणमा रहेको थाहा पाएपछि जकी अहमदले चोरी गरिएको नगर र मोबाइल लिन पथलैया प्रहरी चौकी पुगेको गुनासो गरे ।
प्रहरी चौकी पुग्दा सई राधेमोहनले चोर घाइते रहेको र ऊ निको भएपछि लालबन्दी प्रहरीको जिम्मा लगाउने र तपाईको रकम पनि उपलब्ध गराइदिने आश्वासन दिएर फर्काएको जकीले सुनाए ।

चोरलाई लालबन्दी प्रहरीको जिम्मा नलगाएपछि सई राधेमोहनसँग सोध्दा उल्टै तपाई चोरहरुको पछि नलाग्नुस्, नत्र तपाईको ज्यान समेत जान सक्ने भन्दै चोरसँग मिलेर धम्की दिने गर्दा आफू बाध्य भएर बारा प्रहरीमा घटना र सईको बिरुद्धमा लिखित जाहिरी दिएको जाकी अहमदले बताए ।सई राधेमोहनले चोरी भएको ३ लाख ५० हजार नगद रुपैयाँ चोरसँग बुझेर भगाएको र पछि चोरलाई समात्नु भन्दा उल्दै धम्काउने कार्य गर्दा समेत उनलाई कारवाही नगरीए गुनासो उनले गरे ।

सई राधेमोहनको बिरुद्धमा चोरलाई संरक्षण गरेर भगाएको आरोपमा कारबाही गर्न डिआईजी खाँसँग सोध्दा खाँले मेरो नजिकको मान्छे हो भनी कारवाही नगर्न निर्देशन दिने गरेकाले समेत डिआईजीको नियत सफ नभएको गुनासो प्रहरी अधिकृतहरुले गरेका छन् ।

कुनै समय पर्सामा डिएसपी हुँदा डिआईजी खाँले राधेमोहनलाई नै घुमुवामा परिचालन गराएर आर्थिक संकलन गर्ने कार्य गराएका थिए । पुरानो सेटिङका कारण यस्तो अपराधमा संलग्न सइलाई जोगाउन उनी लागिपरेका छन् । यसप्रति अन्य प्रहरी अधिकारी समेत चकित बनेका छन् ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!