२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

सशस्त्र प्रहरीको असई देखि इन्स्पेक्टर सम्मको बढुवा प्रक्रिया शुरु

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलमा असईदेखि इन्स्पेक्टरसम्मको बढुवा प्रक्रिया शुरु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले आइतबार साँझ सूचना प्रकाशित गरेर रिक्त रहेको सशस्त्र प्रहरी सहायक निरीक्षक (असई), सशस्त्र प्रहरी नायब निरीक्षक (सई) र सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवा प्रक्रिया शुरु गरेको हो ।

बढुवाका लागि प्रकाशित सूचनामा साधारण समूह, साधारण उपसमूह तर्फका सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फाराम २० दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।

त्यसैगरी साधारण समूह, साधारण उपसमूहतर्फका सशस्त्र प्रहरी सहायक निरीक्षकहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फाराम १५ दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ । त्यस्तै साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायब निरीक्षकहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फाराम १० दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!