२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु २ जना घाइते

Logo
प्रकाशित शुक्रबार, आषाढ १७, २०७९


ABC (क्राईमबिट)
दाङ । बिहीबार राति ९ बजे घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले घोराही– ७ बेसाईमा सडकमा गुडिरहेका २ वटा साइकलमा ठक्कर दिएको हो ।


दुर्घटनामा परी साइकलयात्री घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १६ वर्षीय रितेश केसी र मोटरसाइकल चालक घोराही १५ कै ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार घाइते दुई जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार घोराही– ७ का ३८ वर्षीय बसन्त चौधरीको अवस्था गम्भीर छ । चौधरीको नाक, मुख र टाउकोमा गहिरो चोटपटक लागेको रिजालले बताए ।

उक्त घटनामा घाइते भएका साइकलमा सवार घोराही– १५ का विनोद भण्डारीको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!