१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दुबईबाट आएको नाबालक कपडाको बटनमा सुनको लुकाएर ल्याउने पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नाबालकको कपडाको बटनभित्र लुकाएर ल्याइएको सुनसहित एक यात्रुलाई नियन्त्रणमा लिएको छ।

सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौं आएका सुमन दमाईको लगेज जाँच गर्ने क्रममा नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको ६० वटा सुनका रिङ फेला परेको हो। सुनको तौल करिब १२५ ग्राम रहेको छ।

फेला पारेको सुन स्टील बटनको भित्री भागमा फिट गरि राखिएको र झट्ट हेर्दा फलामको टुक्राजस्तै देखिने किसिमको रहेको छ।

सुनसहित दमाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको भन्सार कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका दमाईले आफू भिजिट भिषामा दुबई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोशाकहरू नेपालसम्म पुर्‍याईदिन अनुरोध गरेको हुँदा ल्याइदिएको बताएका छन्।

सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाईछिपाई ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनावद्ध ढङ्गबाट बटनभित्र सुनलाई फिट गरि पठाइएको हुनसक्ने भन्सार कार्यालयले अनुमान गरेको छ। सुन तस्करीमा नियन्त्रमा रहेका यात्रु सुमनको संलग्नता छ वा अन्य कुनै व्यक्तिको पनि भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने कार्यालयले जनाएको छ।

भन्सार कार्यालयले अपरिचित व्यक्तिको सामानभित्र लुकाईछिपाई सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको छ वा छैन सुनिश्चित नभएसम्म नल्याउन अनुरोध गरेको छ।

सुनको अवैध तस्कर गर्ने समूह वा व्यक्तिले नयाँ तरिका अपनाउने क्रम जारी रहेपछि भन्सार कार्यालयले पनि आयात हुने मालवस्तुको निरीक्षण गर्ने शैली तथा रणनीतिलाई परिस्कृत गर्नुको साथै कर्मचारीको प्राविधिक क्षमतालाई पनि विस्तार गर्दै गइरहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!