२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी किरण बज्राचार्यले सम्हालिन्

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी नायब महानिरीक्षक डीआईजी किरण बज्राचार्यले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेकि छन् ।

डीआईजी बज्राचार्य केही दिनअघि मात्रै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएकी थिइन् । यसअघि प्रदेश प्रहरी प्रमुख रहेकी पूजा सिंह एआईजीमा बढुवा भएपछि प्रदेश प्रहरी प्रमुख पद रिक्त रहेको थियो । रिक्त रहेको प्रदेश प्रहरी प्रमुख पदमा डीआईजी बज्राचार्यलाई पदस्थापन गरिएको हो ।

डीआईजी बज्राचार्य हेटौंडा पुगेर बुधबारदेखि नै प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेकि हुन् । डीआईजी बज्राचार्यलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । निर्माला हत्या काण्डमा अंगुर जिसी DSP हुँदा उहाँको उत्कृष्ट अनुसन्धान कार्यमा बाधा बनेर उहाँलाई तत्कालीन सरकारका आइजी खनालले निलम्बित गर्यो । सरकार, विरुद्ध, ठूलो बिरोध आलोचना गर्दा पनि सरकारले निर्मला हत्या काण्ड छानबिन गर्न दिएन र फलस्वरूप त्यो घटना हाल सम्म गुमनाम बन्यो धेरै कोसिस बाट अदालतले पुनर्बहाली गरी चक्रपथमा प्रहरी कार्यलय प्रमुख […]

काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् । सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि […]

काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न भएको आरोपमा सिआईबीले इन्स्पेक्टर शाहीलाई ललितपुर जिल्ला अदालतबाट मुद्दा दायर गरेको थियो । अदालतले इन्स्पेक्टर शाहीलाई मंगलबार सफाइ दिने आदेश दिएको हो । सिआईबीले ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले मुद्दा दायर […]

error: Content is protected !!