१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

पर्साबाट २७० किलो गाँजा ट्रकसहित २ भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९


ABC (क्राईमबिट)
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले २ सय ७० किलोग्राम गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसारपसार कार्य भइरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले सो परिणाम बराबरको गाँजा बरामद गरेको हो ।

परवानीपुर सडकखण्डमा चेकजाँच गर्दा युपी २१ ए एन ९९५७ नम्बरको भारतीय ट्रकको क्यावीनमा लुकाई छिपाई राखिएको अवस्थामा २ सय ७० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार गाँजासहितको ट्रक नियन्त्रणमा लिनुका साथै भारत विहार मोतिहारी ग्राम सेमरी ११ का २७ वर्षीय विजेक कुमार यादव र भारत विहार पूर्वी चम्पारण पलडवाका ५० वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!