०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

गर्मी बढेपछि पर्साका विद्यालयहरु बन्द

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

ABC-SANCHAR
पर्सा । पछिल्लो केहि दिनदेखि तराई मधेश क्षेत्रमा बढ्दै गएको अत्याधिक गर्मीलाई मध्यनजर गर्दै वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द गरीएको छ ।

वीरगञ्ज महानगरपालिकाको शैक्षिक विकास महाशाखाले मंगलबार एउटा सूचना जारी गर्दै भोली बुधबारदेखि शुक्रबारसम्म महानगरका सम्पूर्ण विद्यालय बन्द रहने जनाएको छ ।

असार २९ गतेदेखि ३१ गतेसम्म महानगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय रहने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

अत्याधिक गर्मीको कारणले बालबालिकाहरुमा पर्ने जाने प्रतिकुलतालाई मध्य नजर गर्दै वीरगञ्जका मेयर राजेशमान सिंहको विशेष निर्देशनमा ३ दिनका लागि विद्यालय बन्द गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जनाएका छन् ।

वीरगञ्जमा केहि दिनदेखि बढेको अत्यधिक गर्मीले दिउँसो बाहिर हिँडनसमेत हम्मेहम्मे परेको छ भने बजारमा किनमेल गर्नेको चापसमेत कम भएको छ । आकाशमा बादल देखा परे पनि पानी पर्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!