२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बहादुरगन्ज प्रहरीको मिलोमतोमा तस्करी हुन लागेको राँगा र खसीबोका भन्सारद्वारा पक्राउ

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९


ABC (क्राईमबिट)
कपिलवस्तु । बहादुरगन्जका विभिन्न क्षेत्रबाट भन्सार कार्यालयले चोरी तस्करी गरी ल्याइँदै गरेका ८१ राँगा पाडा र ७० वटा खसीलाई नियन्त्रणमा लिएको छ ।

लामो समयदेखि भारतबाट नेपालतर्फ चोरी तस्करी हुने गरेको सूचनाको आधारमा शुक्रबार बिहान करिब २ बजे राँगा पाडा र खसीलाई नियन्त्रणमा लिइएको भन्सारका सूचना अधिकारी गजेन्द्र गौतमले बताए ।

उनका अनुसार राति अवैध तस्करी हुने गरेको सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ती गरिएको थियो ।

त्यसक्रममा अवैधरुपमा चोरी तस्करी गर्न लगिएका राँगा पाडा र खसीबोकालाई नियन्त्रणमा लिइएको गौतमले बताए । मालिक भने फरार छन् । थप अनुसन्धान भइरहेको गौतमले बताए ।

यता पटकपटक ईलाका प्रहरी कार्यालय बहादुरगन्जका इन्चार्ज आएको पनि एक बर्ष भएको छ स्थानीयहरुको अनुसार इन्चार्जको मिलोमतोमा तस्करीहरु संग लाइन मिले पछी खुलेआम खसी बोका भैंसी राङ्ग लगाएत रातभर तस्करी हुने गरेको एक स्थानीयले नाम न बताउने सर्तमा बताए । बहादुरगन्ज प्रहरीले छोडेको राँगा खसीबोकाहरु कृष्णनगर भन्सार कार्यालयले पक्राउ गरि नियन्त्रणमा लिएको थियो । जन-आस्थाबा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!