२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

एआइजी बिश्वराज पोखरेल झन्डै ३ महिना अफिस नगएर प्रहरीबाट अनिवार्य बिदा भए

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्।

प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अवकाश पाएका हुन्।

अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उनको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढाएका थिएनन्।

गत वैशाख १८ गते मन्त्रिपरिषद्ले सिंहलाई प्रहरीको नयाँ महानिरीक्षक बनाउने निर्णय गरेपछि पोखरेल असन्तुष्ट बनेका थिए। उनी पनि महानिरीक्षकका दाबेदार थिए। उक्त निर्णयपछि पोखरेलले तत्कालीन महानिरीक्षक शैलेस थापासँग एक महिनाको बिदा स्वीकृत गराएका थिए।

बिदा लिएर पोखरेलले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।

एक महिनाको बिदा सकिएपछि उनले बिदा थप्न निवेदन दिएका थिए तर आइजिपी सिंहले उनको बिदा स्वीकृत गरेका थिएनन्।

सर्वोच्चले असार ३१ गते पोखरेलको रिट खारेज गरिदिएको थियो। त्यसपछि उनले राजीनामा दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]