२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

इजिप्ट शहरको एक चर्चमा आगजनी हुँदा कम्तिमा ४१ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, साउन २९, २०७९


(ABC-SANCHAR)
काठमाडौं । इजिप्टको एक चर्चमा आगजनी हुँदा ४१ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । राजधानी कायरो नजिकको गिजा नामक शहरस्थित अबु सिफिन कोप्टिक चर्चको आगजनीमा ५५ जना घाइते भएका छन् । अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले दुई स्रोतलाई उद्धृत गर्दै चर्चमा ५००० मानिसहरु प्रार्थनाको लागि भेला भएको समयमा विद्युतीय सर्ट भएको र मानिसहरुको भागाभाग भएको लेखेको छ ।
आगजनी निभाउनका लागि १५ दमकल प्रयोगमा ल्याइएको सम्बद्ध निकायले बताएको छ । घाइतेहरूलाई नजिकको अस्पतालमा लगिएको थियो । अग्नि नियन्त्रण विभागले आगजनी नियन्त्रणमा आइएको बताएको छ । देशका राष्ट्रपति अब्देल फतेह अल–सिसीले कोम्टिक क्रिश्चियन सम्प्रदायका पोप टवाड्रोसलाई फोन गरेर घटनाप्रति समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

कोप्टिक क्रिश्चियन समुदाय मध्यपूर्वको सबैभन्दा ठूलो क्रिश्चियन समुदाय हो, जसको संख्या इजिप्टमा १ करोड छ । पछिल्ला वर्षहरुमा इजिप्टले कयौं गम्भिर आगजनीको सामना गर्नुपरेको छ । गत वर्ष मार्चमा कायरोको बाहिरी भागमा रहेको एक कपडा उद्योगमा लागेको आगजनीमा २० को मृत्यु भएको थियो । त्यस्तै सन् २०२०, दुई अस्पतालमा आगजनी हुँदा १४ कोभिड बिरामी मारिएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!