२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एकै परिवारको ३ जनाको हत्या खुकुरीसहित १ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र १७, २०७९


ABC (क्राईमबिट)
उदयपुर । बेलका नगरपालिकामा एकै परिवारका तीनजनाको बीभत्स हत्या भएको छ । बेलका–७ मा स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीय सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको बीभत्स हत्या भएको प्रदेश–१ प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताए ।

उनीहरूको शव खोलामा भेटिएको थियो । राजकुमारका दाइ नाता पर्ने व्यक्तिले तीनैजनाको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरीले जानकारी दिए । ‘घटनामा संलग्न मुख्य मान्छेलाई पक्राउ गरिएको छ,’ डिआइजी गिरीले भने ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा डिएसपी राकेश कुमार पोदारका अनुसार हत्यामा संलग्न भएको आशंकामा एकजनालाई खुकुरीसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् । पारिवारिक विवादको कारणले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]