२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बजाज सोरुमद्वारा अपराध नियन्त्रणमा सहयोग पुर्याउन प्रदेश प्रहरीलाई अटो सहयोग

Logo
प्रकाशित शनिबार, भाद्र २५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । अटो सिटी इटहरी बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई एक थान बिद्युतिय अटो टेम्पो सहयोग गरेको छ । बजाज सोरुमले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत टेम्पो हस्तान्तरण गरेको हो ।

शुक्रबार आयोजित कार्यक्रममा अटोसिटीका इटहरी प्रमुख प्रदिप सन्थलियाले १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुदिप गिरिलाई अटो टेम्पोको चाबी हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा सन्थलियाले शान्ति सुरक्षालाई थप मजबुद बनाउँदै अपराध नियन्त्रणमा सहयोग पुर्याउन उक्त सवारी प्रदान गरेको जानकारी दिए। “बिराटनगरको शान्ति, सुरक्षालाई थप मजबुत बनाउन यसभन्दा पहिले पनि १ थान टेम्पो १ थान मोटरसाइकल र ५ थान साईकल दिएको समेत सन्थलियाले बताए।

कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रहरीका प्रदेश १ प्रमुख डिआइजी सुदिप गिरिले प्रहरीलाई सवारी दिएकोमा खुसी ब्यक्त गरे । उनले सरकारले उपलब्ध गराएको सवारी साधनबाट प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता हुदै आएको बताए । बिराटनगर आसपासमा आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचैनको प्रत्याभूति दिलाउन सहयोग पुग्ने डिआइजी गिरीले बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]