२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

मन्त्रिपरिषदको कार्यालय भित्रै पम्लेट लिएर धर्ना बसिरहेका कर्मचारीहरु पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र २६, २०७९

(ABC-Sanchar)
काठमाडौँ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हाताभित्रै पम्लेट लिएर धर्ना बसिरहेका कर्मचारीले विरोध ब्यानरसहित नाराबाजी गर्न थालेपछि पक्राउ परेका कर्मचारीलाई प्रहरीले छाडिदिएको छ ।

गण्डकी प्रदेश विरोध ब्यानरसहित प्रदेशले ल्याउन लागेको निजामती ऐनविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई २ घण्टा नियन्त्रणमा लिएर छाडिएको प्रहरी नियन्त्रणमा परेका सहकारी महाशाखा प्रमुख भरतराज पौडेलले प्रशासनलाई बताए ।

विरोध ब्यानर नाराबाजी गरेपछि पोखरा महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल, पञ्जीकरण शाखा प्रमुख चन्द्रकान्त तिमिल्सिना, वडा सचिव राम बहादुर खत्रीलगायत ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको थियो भने निजामती कर्मचारीको आन्दोलनलाई पनि प्रहरीले हटाएको थियो ।

गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भइसकेको भए पनि प्रदेश सरकारले अध्यादेशमार्फत निजमति ऐन ल्याउने तयारी गरिरहेको छ । प्रदेश सरकारमा समायोजन भएर आएका कर्मचारीले ९ वर्षसम्म पनि बढुवा हुन नपाएको भन्दै प्रदेशले अध्यादेशमार्फत भए पनि ऐन ल्याएर बढुवाको बाटो खुला गर्न लागेको हो ।

स्थानीय तहका कर्मचारीले भने प्रदेशले ल्याउन लागेको निजामती ऐनले बढुवाका लागि प्रतिस्पर्धा गर्नबाटै रोक लगाउन लागेको भन्दै पछिल्लो महिनादेखि नै आन्दोलन गर्दै आएका छन् । स्थानीय तहका कर्मचारीलाई विभेद गर्ने र वृत्ति विकासमा निस्तेज पार्ने गरी प्रदेशले ऐन ल्याउन लागेको भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरूले धर्ना तथा विरोध गरेका छन् ।
यसअघि उनीहरूलाई अध्यादेशमार्फत ल्याउन लागिएको ऐनले स्थानीय तहका कर्मचारीलाई पनि प्रदेशमा प्रतिस्पर्धा र बढुवा हुन पाउने व्यवस्था गर्न माग गर्दै साउन २६ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए ।

कर्मचारी समायोजन भएको ४ वर्ष बितिसकेको छ । संघीय सरकारले नै निजामती ऐन नल्याउँदा प्रदेशेसमेत ससदमार्फत ल्याउन सकेन । तर, अहिले गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत भए पनि ऐन ल्याएर प्रदेशमा समायोजन भएर आएका कर्मचारीको बढुवाको बाटो खोलिदिने तयारी गरेको छ ।

स्थानीय तहका निजामती कर्मचारीले भने स्थानीय तहका कर्मचारीलाई पनि प्रदेशमा बढुवा र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था नगरेर विभेद गरिएको भन्दै आन्दोलन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!