०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पत्रकारका परिवारको अब निःशुल्क आँखा चेकजाँच हुने

Logo
प्रकाशित सोमबार, भाद्र २७, २०७९

(ABC Sanchar)                                                 पत्रकार र आश्रित परिवारको अब निःशुल्क रुपमा आँखाको चेकजाँच हुने भएको छ । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समिति र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेज प्रालिबीच सोमबार पत्रकार र पत्रकारको परिवारको निःशुल्क आँखा चेकजाँच गर्ने सम्बन्धमा समझदारी भएको छ ।उपत्यका प्रदेशको अनामनगरस्थित कार्यालयमा सोमबार एक कार्यक्रमकाबीच सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । एमओयू हस्ताक्षर कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले दुई निकायबीचको समझदारीले अब पत्रकार तथा सञ्चारकर्मी र तिनका आश्रित परिवारले सजिलैसँग आँखाको चेकजाँच गराउन सजिलो भएको बताए । सम्झौताअनुसार पत्रकारहरुको दृष्टि बचाउने उद्देश्य राखेर उपत्यका प्रदेशको समन्वयमा नियमित रुपमा आई क्याम्प लगायतका कार्यक्रम पनि सञ्चालन गरिनेछ ।  ‘पत्रकारहरुको दृष्टि बचाउ अभियान’ अन्तर्गत उपत्यका प्रदेश समितिको सिफारिसमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीका साथै उनीहरुका परिवारले समेत निःशुल्क रुपमा उक्त सुविधा पाउने छन् ।

पत्रकारहरुको दृष्टि बचाउ अभियान कार्यक्रमलाई देशभर नै पुर्याउनुपर्ने पुरीको भनाई छ । उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाले अस्पतालसँगको सहकार्यमा अब नियमित रुपमा आई क्याम्पहरू जस्ता कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए । यस अभियानलाई अन्य प्रदेशहरूसँग पनि समन्वय गरेर विस्तार गर्दै लैजाने उनको भनाई छ ।

अस्पतालका कर्पोरेट म्यानेजर राजीव झाले पत्रकार तथा उनीहरुका परिवारले निःशुल्क आँखाको चेकजाँच तथा निःशुल्क ओपिडी सेवा लिन सक्ने जानकारी दिए । उनका अनुसार पत्रकार तथा उनका परिवारका सदस्यहरुलाई पनि  सर्जरी लगायत सेवामा भने १५ प्रतिशतसम्म छुट दिनेछ ।प्रदेश महासचिव टेनिस रोकाले अभियानले पत्रकारहरुलाई आँखाको चेकजाँच तथा सुरक्षामा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।  एएसजी आँखा अस्पताल नेपाल, भारत र अफ्रिकाको युगान्डामा कार्यालय रहेको अस्पताल हो । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!