२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

टिकटक बनाउने क्रममा खस्दा बेपत्ता

Logo
प्रकाशित मंगलबार, भाद्र २८, २०७९

(ABC Sanchar)

रोल्पामा खोलाले बगाउँदा बेपत्ता एक किशोरीको शव फेला परेको छ।

सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलीचौरकी १४ वर्षीया फरिदा खातुनलाई सोमबार तीन बजेतिर स्थानीय फगाम खोलाले बगाएको थियो। खातुन आफ्ना अन्य दुई साथीका साथमा खोला किनारको बालुवामा खेल्न गएकी थिइन्। उनका साथीहरूले खातुन टिकटक बनाउने क्रममा खोलामा खसेको र त्यसपछि आउन नसकेको भन्ने कुरा प्रहरीसमक्ष बताएका छन्।

खातुनलाई खोलाले बगाएको देखेपछि उनका साथीहरूले जालले माछा मार्दै गरेका एक व्यक्तिसँग गुहार मागेका थिए। ती माझीले खातुनलाई बचाउन प्रयास गरे पनि सफल हुन नसकेपछि प्रहरीलाई खबर गरिएको थियो।

सोमबार दिउँसोदेखि नै खातुनको खोजी भए पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए।

मंगलबार बिहानदेखि खोजी सुरू गरिएकोमा  दिउँसो साढे २ बजेतिर सुनिल स्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्रीस्थित सोनु पेट्रोल पम्पनजिकै खुङ्ग्री खोला किनारमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

शव पोष्टमर्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!