२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

डेंगु रोगले बजारमा सिटामोलको अभाव

Logo
प्रकाशित बुधबार, भाद्र २९, २०७९


(ABC-Sanchar)
काठमाडौं । नेपालमा डेंगु संक्रमित बढेसँगै बजारमा सिटामोलको अभाव देखिएको छ । सरुवारोग विशेषज्ञहरुका अनुसार डेंगु विरुद्धको उपचार र औषधि छैन ।तर, डेंगु संक्रमणका कारण ज्वरो आएकाहरुले नियन्त्रणका लागि सिटामोल प्रयोग गर्दै आएका छन् ।

डेंगु संक्रमितले ज्वरो आउन कम नहुन्जेल चिकित्सकको सल्लाहमा लगातार सातादेखि दश दिनसम्म सिटामोल प्रयोग गर्नुपर्छ । यस्तै, परिवारको एक जना सदस्यमा डेंगु देखिएपछि लक्षण नदेखिएका अन्य सदस्यहरुले परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएमा पनि चिकित्सकको सल्लाहमा सिटामोल प्रयोग गर्ने बढेकाले बजारमा सिटामोलमा अभाव देखिएको हो ।
उता औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले बजारमा डेंगुको कारण सिटामोलको माग एक्कासी बढेकाले केही ठाउँमा उपलब्ध नभएको स्वीकारे । महानिर्देशक भट्टराईले एक्कासी बढेको मागलाई सम्बोधन गर्न पहल सुरु गरिसकिएको जनाए । दुई तीन दिनभित्र केही ठाउँमा देखिएको सिटामोल अभाव समाधान हुने उनको जिकिर छ ।

विभागले सिटामोल उत्पादन मध्यनजर गरी औषधि उत्पादक उद्योगीलाई लिखित र मौखिक रुपमा निर्देशन दिइसकेको उनले बताए । महानिर्देशक भट्टराईका अनुसार बजारको मागअनुसार सिटामोल उत्पादन र वितरणका लागि निर्देशन दिएको र सोहीअनुसार उत्पादन थालिसकिएको छ ।
कोरोना महामारीका कारण संक्रमण दर ह्वात्तै बढ्दा बजारमा पटकपटक सिटामोलको अभाव भएको थियो । पछिल्ला दुई वर्षयता सरुवाजन्य रोगहरुका कारण ज्वरो आउने बिरामीको दर बढ्दा बजारमा सिटामोलको अभाव सिर्जना हुँदै आएको छ ।

कोरोना महामारी तीव्र गतिमा फैलिँदा पनि सिटामोल उत्पादन उद्योगहरूले बजारमा मागअनुसारको उत्पादन गर्ने तथा अभाव हुन नदिने बताउँदै आएका थिए । नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले डेंगु संक्रमण बढेकाले सिटामोलको मागअनुसार बजारमा कहिँ कतैअभाव देखिनु स्वाभाविक भएपनि हाहाकारको अवस्था नभएको बताए ।

निजी व्यवसायीले सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्ने भएकाले पनि बजारमा सिटामोलको अभाव हुन नदिने उनको भनाइ छ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष मृगेन्द्रमहर श्रेष्ठले बजारमा सिटामोलको कहीँ कतै अभावदेखिए पनि उत्पादनलाई बढाएर अभाव हुन नदिने बताए ।

बजारमा सिटामोलको अभाव हुन नदिने व्यवसायीहरुले पनि बताएका छन् । तर जबसम्म सरकारले वास्तविक समस्यालाई ध्यान दिँदैन, तवसम्म देशमा सिटामोलको माग बढ्दा अभाव खड्किरहने व्यवसायीहरु बताउँछन् ।

उता महानिर्देशक भट्टराईले औषधि उद्योगीहरुको उचित मागका विषयमा गम्भीर रहेकाले छलफल गरी अगाडि बढाउने बताउँछन् ।
नेपालमा निजी औषधि उत्पादन गर्ने उद्योगहरूले विभिन्न समयमा भिन्न खालका सरुवारोग फैलिँदा मात्रै नभएर बजारमा बेला बेलामा सिटामोलको कृत्रिम अभाव गराउने गरेको आरोप खेप्दै आएका छन् ।

विगत १४ वर्षदेखि सिटामोलको मूल्य समायोजन नहुँदा बेलाबेलामा अभाव सिर्जना हुनु स्वभाविक भएको संघका एक उच्च अधिकारीले बताए । सिटामोल उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थको मूल्य, जनशक्ति, उपकरणमा मूल्य वृद्धि भएपनि सरकारले त्यस विषयमा ध्यान नदिँदा बजारमा आवश्यकताको आधारमा सिटामोल उपलब्ध गर्न नसकिएको उनले बताए ।

वर्षौदेखि घाटा खाएर सिटामोल उत्पादन गर्दै आएको भन्दै मागअनुसार निजी उद्योगहरुलाई उत्पादन गर्न समस्या भएको उनले बताए । नेपालमा वार्षिक करिब ८ करोड सिटामोल ट्याब्लेटको आवश्कता पर्छ । यद्यपि नेपाल औषधि लिमिटेडबाट मासिक करिब ६० लाख ट्याब्लेट सिटामोल उत्पादन हुन्छ ।

नेपाल औषधि लिमिटेडले उत्पादन गरेको सिटामोलले जम्मा २५ देखि ३० प्रतिशत माग धान्ने गर्छ । औषधि उद्योगीहरुले बेलाबेला सिटामोल अभाव हुनुको मुख्य कारण नै प्रतिट्याब्लेट १ रुपैयाँ भएको बताउँछन् । तर, उद्योगीहरुले प्रतिट्याब्लेट एक रुपैयाँ ४० पैसा पर्ने बताउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!