२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

काठमाडौँ महानगरपालिकले अनधिकृत संरचना निर्माण गरिएको माथी डोजर चल्न सुरु

Logo
प्रकाशित बिहिबार, भाद्र ३०, २०७९


(ABC-Sanchar)
काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे क्षेत्रमा त्यस्ता संरचना हटाउन थालिएको हो ।

काठमाडौँ महानगरापलिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले सोह्रखुट्टे चोकदेखि म्हैपीसम्मको सडकमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको जानकारी दिए । उनका अनुसार अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको संरचना हटाइएको हो । सो वडाले वडाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन केही दिनअघि पत्राचारसमेत गरेको थियो ।

सोह्रखुट्टे क्षेत्रमा डोजर चल्न थालेपछि घरधनी र महानगर प्रहरीबीच विवाद भएको थियो । काठमाडौँ महानगरपालिकाले यसअघि न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल र नयाँ बसपार्क क्षेत्रमा नक्सा विपरीत अनधिकृत रुपमा बनाइएका संरचना हटाइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]