२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

स्याङ्जा प्रहरीले एकैदिन ४६ जना विभिन्न मुद्दाको प्रतिवादीहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ३०, २०७९

ABC (क्राईमबिट)
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन ४६ जना विभिन्न मुद्दाका प्रतिवादीहरु पक्राउ गरेको छ।

सार्वजनिक मुद्दामा सजाए तोकेपछि फरार उनीहरुलाई जिल्ला तथा मातहतका कार्यालयबाट खटिएका प्रहरीले बुधबार ४६ जना पक्राउ गरी आवश्यक कारवाही अघि बढाएको डिएसपी रविन्द्र खनालले जानकारी दिए।

‘प्रतिवादि पक्राउ अभियान’ संचालन गरेको प्रहरीले फैसला कार्यान्वयनको शिलशिलामा विगत ५ वर्षदेखि फरार प्रतिवादी पक्राउ गरी प्रशासन कार्यालय स्याङ्जाामा आवश्यक कारवाहीका लागि बुझाएको डिएसपी खनालले बताए।

सार्वजनिक अपराध तथा अन्य कसुरका आरोपित उनीहरुबाट १ लाख २६, हजार ७५ रुपैयाँ समेत राजश्व संकलन गरिएको र कसुर अनुरुप कारवाही अघि बढाएको प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!