२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

धुनमा गीत बनेका गायक राई

Logo
प्रकाशित शुक्रबार, भाद्र ३१, २०७९

(तुफानबाबु श्रेष्ठ)

दाङ । तिमी धून बन म गीत गाउँछु
तिमी ताल देउ म सुर बन्छु संगीतको
सातै स्वरले सुन्दर तिम्रो मन सजाउँला
रागको रंगोलीले हाम्रो जीवन रंगाउँला।

मन साटेपछी अनि मुटु गाँसेपछी धुन र गीतका कुरा आउँछन् । जुन र तारा फुल र पातका कुरा आउँछन् । मायामा डुबेपछी मनमा अनेक रोमाञ्चक परिकल्पनाहरु तैरिरहन्छन् । यस्तै मन आनन्दित बनाउने प्रेमिल परिकल्पनाहरुलाई स्वर र संगितमा मिसाएर ल्याएका छन् युवा गायक चेतन राईले । सल्यानको माटोमा संगितको बाँसना पहिचान गरेका राईले गीतमार्फत सबै नेपालीमाझ सुन्दर वासना छरेका छन् । नेपाली सुगम संगितमा एउटा तारा राईले मायाले मन दुखाउने होइन जीवन रङ्गाउने कुरालाई जोड दिएका छन् ।https://m.youtube.com/watch?v=WQ9Q3oeMy68&feature=share
गायन,संगित र रचना तिनै विधामा गायक राई यो गीतमा उत्तिकै जमेका छन् । मुटुको अन्तिम गहिराईबाट निकालिएका मोतिदाना जस्ता शब्दले सबैको मनलाई उत्तिकै गहिरोसँग स्पर्श गर्छ ।
गायनको पछिल्लो श्रृंखलासंग जोडिएको उनको यो गीत नेपाली सुगम संगीतका लागि बलियो ईटा बनेर जोडियो नै त्यो भन्दा अँझ स्वयं चेतनको गायनको एक अब्बल सिर्जना बन्न सक्छ। किनभने समर्पणबिनाको जीवन अत्यास लाग्दो र निराशाले भरिएको हुन्छ। त्यसैले त्यो अवस्थालाई आउनै नदिन उनले यो गीतबाट मार्मिक भाव प्रस्तुत गरेका छन् र कहरुवा तालमा मीठो, कर्णप्रिय स्वर भरिदिएका छन्। सेकाई इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको यो युगल गीतमा चेतन राईलाई अस्मिता अधिकारीले साथ दिएकी छिन्। गीतको लेखन तथा संगीत चेतनको नै हो। गीतलाई मनोज थापा मगरले एरेन्ज गरेका छन्। मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको उक्त गीतलाई रेकर्डिष्ट राजेश श्रेष्ठले ए वान म्युजिसियन स्टूरडियोमा रेकर्ड गरेका हुन्। भिडियोमा प्रियंका चौधरी र सागर खनालको अभिनय रहेको छ। भिडियो निर्माणको क्रममा दीया रिजालको श्रृंगार रह्यो भने उत्पादक म्यानेजर विक्रम तामाङ हुन्। सौगात धिताल र अनिल कटवालले ड्रोन चलाएको गीतको भिडियोलाई संपादन तथा निर्देशन फराज अर्पणले गरेका हुन्। प्राविधिक पक्षतर्फ विशाल राईको योगदान रहेको यो गीतलाई निर्माण पक्षले हेरेर, सुनेर नेपाली कलाकारकाे हाैसला बढाई दिन र प्रतिक्रिया दिन आग्रह गरेकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!