२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

बाँके प्रहरीले ब्राउनसुगर सहित एक जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र ३१, २०७९

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगंज उपमहानगर पालिका १५ स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री जिल्ला बाँके खजुरा गा.पा.४ एल गाउँ बस्ने वर्ष २९ को आशिष चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट कालो प्लाष्टिकले पोका पारी बनाई राखेको ५ पोका ब्राउनसुगर धुलो तौल गर्दा ४ ग्राम ५०० मिलीग्राम निजको साथबाट फेला पारी निजलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेको एसपी श्याम कृष्ण अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!