२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको निर्देशकको जिम्मेवारी एआईजी सहकुल थापाले सम्हाले

Logo
प्रकाशित शुक्रबार, भाद्र ३१, २०७९

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ भाद्र २७ गतेको निर्णय अनुसार राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा सरुवा हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाज्यूले आज मिति २०७८ भाद्र ३१ गतेबाट यस प्रतिष्ठानको कार्यकारी निर्देशक रुपमा जिम्मेवारी सम्हाल्नु भएको छ ।

कार्यकारी निर्देशकज्यूलाई आज यस प्रतिष्‍ठानका सिनियर प्रहरी अधिकृतहरु तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुद्वारा स्वागत गरिएको थियो ।
सोही अवसरमा कार्यकारी निर्देशकज्यू समक्ष प्रतिष्‍ठानको समग्र गतिविधी समेटिएको प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो । प्रस्तुतीकरणमा समावेश गरिएका विविध बिषयहरुमा छलफल गरी उपस्थिति प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका कर्मचारीहरुलाई संक्षिप्त निर्देशन सम्बोधन समेत गर्नुभएको थियो । निर्देशन सम्बोधनको क्रममा कार्यकारी निर्देशकज्यूले प्रशिक्षण केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु सर्वपक्षमा योग्य र नमुनायोग्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यकारी निर्देशकज्यूले निर्देशन सम्बोधन पश्‍चात यस प्रतिष्‍ठानको पुस्तकालय, विभिन‍्‍न शाखाहरु र आन्तरिक कक्षाहरुको अवलोकन समेत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!