२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

बर्दियामा चितुवा बाघ दिनहुँ बस्ती पस्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् ।

Logo
प्रकाशित सोमबार, आश्विन ०३, २०७९

(पवन गुप्ता)
बर्दिया । गुलरिया नगरपालिका ८ सुरजपुर लगायतका ठाउँमा मुर्तिहा जंगलको चितुवा बाघ दिनदाहडै बस्ती पस्न थालेपछि स्थानीय त्रसित बनेका हुन् ।

शनिबार राति गुलरिया नगरपालिका–८ सर्जुनदी टोल स्थित लक्ष्मी बाँडियाको खोरमा बाँधिएको बाख्रा चितुवाले खाएको छ । खोरमा बाँधिएको बाख्रा तानेर १ सय मिटर परा खेतमा लगेर खाएको बाँडियाले जानकारी दिईन् ।

सर्जुनदी टोलबाट मुर्तिहा जंगल करिब दुई किलोमिटर बढी दुरीमा छ । करिब दुई किलोमिटरको दुरी तय गरी बस्ती पसेर चितुवाले बाख्रा खाएपछि स्थानीय त्रसित बनेका छन् ।

शनिबार दिउँसै सुरजपुर र सर्जुनदी टोलको बिचमा पर्ने शंकर बंगला भन्ने स्थानमा चितुवा बाघ देखिएको स्थानीय प्रवेश लोधले बताए । हामी स्थानीयले होहल्ला गरेपछि जंगल तर्फ भागेको उनले सुनाए । ‘बर्खाको समय छ, झाडी र मकै त्यस्तै छन्’ उनले भने,‘मुर्तिहा जंगलबाट चितुवा बाघ लगायत अन्य जनावरहरु बस्तीमा सजिलै पस्छन् ।’

त्यसैगरी अघिल्लो साता गुलरिया नगरपालिका–८ सुरजपुर स्थित घरको ग्यालेरीमा रहेका १८ महिनाका अनुप विक्रम शाहीलाई चितुवाले आक्रमण गरी घाईते बनाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!