२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

कंचनपुरमा पहिचान हन नसकेको ३ वटा शवको प्रहरीले गर्‍यो अन्त्येष्टि

Logo
प्रकाशित सोमबार, आश्विन ०३, २०७९

ABC (क्राईमबिट)
धनगढी । कञ्चनपुरमा पहिचान नखुलेको ३ वटा शव प्रहरीले अन्त्येष्टि गरेको छ । लालझाडी गाउँपालिका–१ को चिनी मिल नजिकै उखुबारीमा भेटिएका दुईवटा र पुनर्बास नगरपालिका-१० को दोदा नदी नजिकै भेटिएको एउटा शवको पहिचान नखुलेपछि गाडिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले सडेको अवस्थामा भेटिएको शवको पहिचान गर्न नसकेपछि प्रक्रिया पुर्‍याएर गाडिएको जानकारी दिए ।

आइतबार साँझ शव भेटिएपछि प्रहरीले चिकित्सकको टोली घटनास्थलमै लगेर डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरेको थियो । त्रिभुवन बस्ती प्राथमिक स्वास्थ्य केन्द्रका डा. मोसा तामाङ नेतृत्वको टोलीले शवको वैज्ञानिक परीक्षणका लागि नमूना सङ्कलन गरेको प्रहरी निरीक्षक मल्लले बताए ।

प्रहरीका अनुसार चुरा र कपडाका आधारमा दुई वटा शव महिला र एउटा पुरुषको भएको खुले पनि उनीहरूको नाम र ठेगाना पहिचान भएन । शनिबार बाढीले ती शव अन्यत्रैबाट बगाएर ल्याएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!