२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

सत्तारुढ दलहरूलाई सहयोग नगरेको भन्दै प्यूठान र गुल्मीका प्रमुखहरु फेरिए

Logo
प्रकाशित सोमबार, आश्विन ०३, २०७९

ABC (क्राईमबिट)

काठमाडौं । चुनावको मुखमा प्रहरी प्रधान कार्यालयले अवधि नै नपुगी दुई जिल्लाका प्रहरी प्रमुख सरुवा गरेको छ । गुल्मी र प्यूठानका प्रहरी प्रमुख फेरिएको हो ।

गुल्मीमा सुदुरपश्चिम गणमा कार्यरत एसपी अर्जुन रानाभाटलाई तथा प्यूठानमा डिएसपी सुवास खड्काको काज सरुवा गरिएको छ । गुल्मीका एसपी भिम दाहाललाई सात महिनामै हटाइएको छ । उनको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा सरुवा भएको छ । त्यस्तै, प्युठानका डिएसपी सत्यनारायण थापालाई १० महिनामै हटाई काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयमा खटाइएको छ । सत्तारुढ दलहरूलाई सहयोग नगरेको आरोपमा दुई जिल्लाका प्रहरी प्रमुख फेरिएको स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!