२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

संविधान दिवसको अवसरमा दाङमा २७ जना कैदीबन्दीको कैद मिनाह

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९


ABC (क्राईमबिट)
दाङ । संविधान दिवसको अवसरमा सोमबार तुलसीपुर कारागारबाट १७ जना र घोराही कारागारबाट १० जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो । कैद मिना हुनेमा दुई महिला र २५ पुरुष रहेको रहेका छन् । घोराही कारागारका जेलर बासुदेव खनालका अनुसार १० जना ४० प्रतिशत कैद भुक्तान गरेका, १६ जना ५० प्रतिशत कैद मिनाह गरेका र एक जनालाई आम माफी दिइएको हो ।

कैद मिनाह हुनेमा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्धाका छन् । आम माफीसहित १५ जना कर्तव्य ज्यान मुद्धाका कैदीको बाँकी कैद मिनाह भएको जेलर खनालले जानकारी दिए । सवारी ज्यान अंगभंग, सवारी ज्यान, सवारी ज्यान तथा हातहतियार खरखजना, नकवजनी चोरी, सरकारी कागज किर्ते, ज्यान मार्ने उद्योग र बहुविवाह लगायतका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरबाट ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छिन् ।

दाङमा २७ कैदीबन्दीको कैद मिनाहा 3
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६८१ को कैद कट्टा गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा भएको छ । संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!