२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

६५ जना प्रहरीलाई विभूषित गर्ने सरकारको घोषणा

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल प्रहरीका ६५ जनालाई विभूषित गर्ने घोषणा गरिएको छ । मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा हुनेहरुमा प्रहरी हवल्दारदेखि प्रविधिक तर्फका डीआईजीसम्म छन् । प्राविधिक डीआईजी डा. सुन्दर प्रसाद ह्योजुसहित १० जना प्रहरीलाई सुप्रवल जनसेवाश्री प्रदान गर्ने घोषणा गरिएको छ । सुप्रबल जनसेवाश्री पाउनेमा प्रहरी वरिष्ठ उपरीक्षकहरु चक्रबहादुर सिंह, भरत बहादुर बोहरा, मधुसुदन लुइँटेल, कृष्णहरि शर्मा, अर्जुन चन्द ठकुरी, सुरेन्द्र प्रसाद मैनाली, प्राविधिक तर्फ बरिष्ठ उपरिक्षकहरु डा. देउती गुरुङ, राकेश कुमार सिंह र छायाँदेवी गुरुङ छन् ।

प्रबल जनसेवाश्री १३ जना प्रहरीलाई प्रदान गर्ने घोषणा गरिएको छ । प्रबल जनसेवाश्री पाउनेमा एसपीहरु विश्व अधिकारी, सन्तोष खड्का, दीप शम्शेर जबरा, रन्जु सिग्देल, योग बहादुर पाल छन् । डीएसपीहरु मकेन्द्र कुमार मिश्र, होम बहादुर पराजुली, तर्कराज पाण्डेय, फणीन्द्र प्रसाई, रन्जन कुमार दाहाल, इन्स्पेक्टरहरु मणिराम थापा, बबिन्द्र नेम्बाङ र सालिकराम तिमिल्सिनालाई पनि प्रवल जनसेवाश्री प्रदान गर्ने घोषणा गरिएको छ ।

राष्ट्रदीप १५ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ । सहायक हवल्दार प्रकाश कठायत, डीएसपी कृष्ण कुमार चन्द, डीआईजी उमेश जोशी, डीएसपी बेद प्रकाश जोशी, डीएसपीहरु बसन्त कुमार शर्मा, मनोजित कुँवर र गोविन्द थापा, इन्सपेक्टरहरु शेखर जंग मल्ल, कमल वेल्बासे, दिपेन्द्र कुमार खत्री, वीरेन्द्र सिंह जोहारी, तिलक बहादुर सुनार, गजेन्द्र रावल, देवेन्द्र बहादुर शाह र केशव गौतमले राष्ट्रदीप पाउने भएका छन् ।

नेपाल प्रताप आभूषण २१ जनालाई प्रदान गर्ने निर्णय गरिएको छ । वरिष्ठ प्रनानीहरु उपेन्द्र बहादुर बुढाथोकी, जनक कुमार गिरी, डम्बर बहादुर चन्द, प्रकाश प्रसाद थानी र दिवानी चन्दले सो पदक पाउने भएका छन् । प्रनानीहरु कमल परियार, किशोर थापा, सागर थापा, प्रदेशी राम चौधरी र रमेश कुमार खड्कालाई सो पदक दिने घोषण गरिएको छ ।

असईहरु सचेन्द्र प्रसाद यादव, झुपलाल खड्का र चेतनाथ गिरीले पनि सो पदक पाउने भएका छन् । नेपाल प्रताप भुषण पाउने प्रहरी उपरीक्षकहरुमा श्याम कुमार महतो, अनुपम शमशेर जबरा, नवराज अधिकारी, सुरेश प्रसाद काफ्ले, भुवनेश्वर तिवारी, कमल थापा र बेद विष्ट छन् । प्राविधिक तर्फका एसपी ज्ञानेन्द्र कुमार राईलाई पनि नेपाल प्रताप आभूषण दिने घोषण गरिएको छ ।

नेपाल प्रताप भुषण पाउनेमा बरिष्ठ हवल्दार भेष बहादुर मगर, हवल्दारहरू सपना श्रेष्ठ, हस्त बहादुर साँवत र विनोद थापा छन् । प्रहरी सहायक हवल्दार साजन लामालाई वीरता पदक दिने घोषणा गरिएको छ । हवल्दार बुद्धिराज तामाङलाई सौर्य पदक प्रदान गर्ने घोषण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!