२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

ईप्रका गढवा प्रहरी निरिक्षक रन्जु केसि उजीर सिंह दीप पदकबाट सम्मानित हुने

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९

 

(सागर थापा)

दाङ । ईलाका प्रहरी कार्यालय गढवाको प्रहरी प्रमुख प्रहरी निरीक्षक रन्जु केसि उजीर सिंह दीप पदक द्वितियबाट सम्मानित हुनुहुने भएको छ ।

लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसरमा प्रदेश क्षेत्रमा रहेर मानव बेचबिखनमा परेका वालकको भारत बाट सकुशल उद्दार गरेको कार्यको मुल्यांकन गर्दै प्रदेश सरकारले उजीर सिह दीप पदक द्वितीय बाट प्रहरी निरिक्षक केसि लाई सम्मानित गर्दै पुरुस्कृत गर्ने भएको छ ।
प्रदेश सरकारको पुरुस्कार छनौट समितीले लुम्बिनी प्रदेश भित्र रहेर सामाजिक क्षेत्रमा योगदान गरेका हरुलाइ पुरुस्कृत गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सरकारको प्रबक्ता तथा आर्थिक मामिला कानुन तथा सन्चार मन्त्री तिलक शर्माले प्रदेश भित्र योगदान गरेका योगदान दाताहरुलाई सम्मान गर्ने निर्णय गरेको जानकारी दिदै बालिकाको भारत बाट सकुशल उद्दार गरेको योगदान बापत प्रहरी निरिक्षक रन्जु केसिलाई पुरुस्कृत गर्ने निर्णय गरेको जानकारी दिनु भयो ।

१४ बर्सिय बालिका भारतको पानीपत बाट सकुशल उद्दार गरि अभिभावक लाइ बुझाउने उत्कृष्ट कार्यको मुल्यान्कन गर्दै लुम्बिनि प्रदेश सरकारले सम्मानित गर्ने निर्णय गरेको प्रहरी निरिक्षक केसिले बताउनु भयो ।

त्यसै गरि गत असार २० गते इलाका प्रहरी कार्यालय गढवाको प्रमुखको रुपमा काम गर्दै आउनु भएको रन्जुले डेढ बर्स देखि हराइरहेका राजपुर गाउपालिका वडा नं ६ निवासि डम्म्बर बहादुर बिकका छोरा १३ बर्सिय निकेश बिकलाइ भारतको गोण्डा बाट सकुशल उद्दार गराउनु भएको थियो ।
प्रहरी निरिक्षक रन्जु केसि बिगत ३ बर्स देखि प्र.नि.को जिम्मेवारी सम्हाल्दै आउनु भएको एक कुशल निरिक्षक हुनुहुन्छ ।
उनले गढवा राजपुर क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि सामुदाय प्रहरि साझेदारि कार्यक्रम मार्फत विद्यार्थीमा सचेतना होस भन्ने उद्देश्यले बिद्धालयमा गयेर लागूऔषधबाट समाजमा पर्ने असरको विषयमा विभिन्न कार्यक्रम समेत सञ्चालन गरिरहनु भएको छ ।
कामको मुल्यांकन गर्दै संबिधान दिवसको अवसरमा लुम्बिनि प्रदेश सरकारले उजिर सिंह दीप पदक द्वितिय बाट पुरुस्कृत गर्ने निर्णय गरेकोमा आफु निकै उत्साहित भएको बताउदै केसिले सामाजिक कार्यमा अझै जिम्मेवार र कर्तव्यनिस्ठ भएर काम गर्ने जागर बढेको बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!