२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

नागढुङ्गाबाट ७३ हजार नक्कली पैसासहित १ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९

ABC (क्राईमबिट)

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोट सहित सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!