२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

दाङ प्रहरीले ठुलो मात्रामा चरेससहित २ जना महिला र २ जना पुरुष पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रहरीले गढवा १ कालाकाटेस्थित पूर्वपश्चिम राजमार्गमा लागु औषध कारोबार गरिरहेको बेला कपिलवस्तु नगरपालिका १० जगदीशपुरका २५ बर्षे हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका ११ निवासी १८ बर्षे मोहबद खाँनलाई मोटरसाइकल सहित पक्राउ गरेको
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी एसपी वीर बहादुर ओलीले जानकारी दिनुभयो ।

एसपी वलीका अनुसार लागुऔषध ओसारपसारमा प्रयोग गरेका लु.६८ प. १६६६ र लु. ५५ प . ६८३७ नम्बरका मोटरसाइकल पनि बरामद गरेको दाङ प्रहरीले जनाएको छ ।

अर्को फेरि दाङ प्रहरीले लमही ९ अमिलियाबाट घोराही १३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरापलिका ६ कोटगाउँ घर भइ हाल घोराही १३ सेवार बस्ने ३८ बर्षकी खुशी पुन मगर भनिने एकता पुन मगरलाई चरेशसहित पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।

चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको दाङ प्रहरी प्रमुख एसपी वलीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!