२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

९ दिनदेखि आमरण अनसनमा बसेका डा.केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९


(ABC-Sanchar)
काठमाडौँ । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ माग राखी ९ दिनदेखि आमरण अनसन बसेका डा.गोविन्द केसीलाई उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि धनगढीबाट श्री एयरलायन्सको नियमित उडानबाट बुधबार साँझ उनी काठमाडौँ आएका थिए।

धनगढीमा अनसन बसिरहेको डा.केसीले आफ्नै खर्चमा केही स्वास्थ्यकर्मीसहित काठमाडौँ आएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

उनी अहिले त्रिवि शिक्षण अस्पतालमा थप उपचारका लागि भर्ना भएका हुन्।

डा। केसी आफ्ना शुभचिन्तकको आग्रहमा आफैँले टिकट काटेर काठमाडौं आउन तयार भएका हुन्। राज्यलाई कुनै पनि भार नपार्ने भन्दै यसअघि उनलाई लिन गएको नेपाली सेनाको स्काइ ट्रकमा उनी आउन मानेका थिएनन्।

मङ्गलवार दिउँसो गृह मन्त्रालयले सेनाको स्काई ट्रक धनगढी पठाए पनि उनी आउन नमानेपछि रित्तै फर्किएको थियो।

धनगढीमा १० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको हो।

बुधबार सेती प्रादेशिक अस्पतालले एक विज्ञप्ति जारी गर्दै लामो समयसम्म भोकै बस्दा उनको स्वास्थ्यमा गम्भीर समस्या आएकोले उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज रेफर गरिएको जनाएको छ।

धनगढीबाट अपराह्न ५ बजेको श्री एयरलाइन्सको नियमित उडानबाट उनी काठमाडौं आएका हुन्।

सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरका अनुसार डाक्टर केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुनसक्ने र थप गम्भीर स्थिति देखापर्ने भन्दै तत्काल थप उपचार आवश्यक देखिएको हो।

त्यस्तै उनको पेटमा कडा खालको अल्सर भई रक्तस्राव भएको आंशकासमेत उनले गरेका छन्।

अनसन बसेको तेस्रो दिनबाट डा.केसीको स्वास्थ्यमा समस्या देखा पर्न थालेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा राखिएको थियो।

भोकै बस्दा स्वास्थ्यमा समस्या आएको र समयमै स्वास्थ्यको ख्याल गर्न उनलाई अस्पताल प्रशासनले सुझाव दिएको थियो।
तर, केसीले मुखबाट पानी र नसाबाट रिडगर ल्याक्टेट बाहेक अन्य कुरा नलिने अडान लिएकाले उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको डाक्टर कमरले बताए।

मेडिकल क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राख्दै धनगढीको लक्ष्मीनारायण मन्दिरमा डा.केसी गत सोमबारदेखि आमरण अनसनमा थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!