२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

शिवालिक बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा

Logo
प्रकाशित शनिबार, आश्विन ०८, २०७९


(केभी निस्चयल)
दाङ । तुलसीपुर स्थित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा शनिबार तुलसीपुरमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अनुप कुमार श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यमा संपन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष देव वहादुर केसीले स्वागत गर्नु भएको थियो । साधारणसभामा सचिवको प्रतिवेदन तुफानबाबु श्रेष्ठ र कोषाध्यक्षको प्रतिवेदन खुम बहादुर न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीका निवर्तमान अध्यक्ष विजय कुमार केसीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा शेयर सदस्य बिष्णु कुमारी केसी तथा कुशल तर्ताल, संस्थाका पूर्व उपाध्यक्ष टोप बहादुर डांगी, सल्लाहकार बिमल रिजाल, संस्थापक अध्यक्ष राजेन्द्र बहादुर बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अबसरमा संस्थामा असल ऋणिहरुका तर्फबाट प्रकाश खड्का र पूजा पाण्डेलाई सम्मानित गरिएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव तुफानबाबु श्रेष्ठले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!