०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

चितवनको ग्रामीण भेगमा बालबालिकाको निःशुल्क मुटु परीक्षण सुर

Logo
प्रकाशित आइतबार, आश्विन ०९, २०७९

(ABC-Sanchar)

चितवन । जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ । बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेसन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो ।

अस्पतालका कार्यकारी प्रमुख डा शङ्कर लौडारीका अनुसार गएको पुसयता हालसम्म सात विद्यालयका तीन हजार पाँच सय जनाको निःशुल्क मुटु परीक्षण गरिसकिएको छ । तीमध्ये १५ जनामा मुटुको बाथरोग, १३ जनामा मुटुको जन्मजात समस्या देखिएको छ । तिनीहरूमध्ये चार जनाको शल्यक्रिया गर्नुपर्ने भएको उनले जानकारी दिए ।

अभियानका क्रममा औषधि निःशुल्क वितरण गरिएको थियो भने शल्यक्रियाका लागि सहजीकरण गरिएको छ । बछ्यौली, शिक्षा विकास , मालपुर , ब्रम्हपुरी , समिपुर र झुवानी मावि सहित स्काइराइडर बोर्डिङ स्कुलमा परीक्षण गरिएको हो । तीमध्ये सबैभन्दा बढी समिपुरमा चार जनामा समस्या देखिएको थियो ।

अस्पतालले मुटुको बाथरोग तथा नवजात रोग परीक्षण गरेको हो । मुटुको भिडियो एक्सरे (इकोकार्डियोग्राफी)को माध्यमबाट परीक्षण गर्ने गरिन्छ । विद्यालयमै भिडियो एक्सरे मेसिन लगेर परीक्षण गरिँदै आएको छ । उनले भने, “विश्वभरि नै इकोकार्डियोग्राफी मुटुको रोग पत्ता लगाउने उपयुक्त प्रविधि हो ।”

बालबालिकामा मुटुमा प्वाल पर्ने, मुटुबाट निस्किने नशा सानो हुने, मुटुको भल्व सुक्ने, मुटुमा पानी जम्मा हुनेजस्ता समस्या देखापर्ने गर्दछन् । यस्तो समस्या भए पनि अधिकांशमा लक्षण नदेखिने हुँदा परीक्षण गर्नुपर्ने डा लौडारी बताए । उनका अनुसार ९९ प्रतिशत मुटुसमस्या इको गरेर पहिचान गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!