
ABC (क्राईमबिट)
काठमाडौं । तालिम केन्द्रमा मिति २०७९ भदौ १९ गतेबाट संचालित भिड नियन्त्रण (प्र.ज.देखि प्र.नि.) तालिम ९२ औं समूहको भिड नियन्त्रण सम्बन्धि व्यवहारीक अभ्यास प्रदर्शन कार्यक्रम १ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भयो, उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुद्वारा स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम
सिलसिलेवार शक्तिको प्रयोगको सिद्धान्त अनुसारको प्रदर्शनी प्रदर्शन भएको थियो । कार्यक्रममा प्रमुख अतिथिद्वारा अनुभव सहितको निर्देशन सम्बोधन गर्नुका साथै आसन्न नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको सम्पूर्ण प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई हार्दिक शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।