२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वआइजिपी बस्नेत र निरौलालाई क्लिनचिट

Logo
प्रकाशित मंगलबार, आश्विन ११, २०७९

 

ABC (क्राईमबिट)

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक सनतकुमार बस्नेतले अकूत सम्पत्ति आर्जन गरेकोसम्बन्धी मुद्दामा क्लिनचिट पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथिको छानबिन तामेलीमा राखेपछि बस्नेतलाई हाइसञ्चो भएको हो ।

पूर्व महानिरीक्षक सनतकुमार बस्नेत/पूर्वडिआइजी गोविन्द निरौला
यसअघि उनीविरुद्ध आयोगले नक्कली बिल बनाई भ्रष्टाचार गरेको अभियोगमा ६ वर्षअघि मुद्दा दायर गरेको थियो । लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा उनीसहित चार सशस्त्र प्रहरी महानिरीक्षकविरुद्ध मुद्दा दायर गरेका थिए । वासुदेव ओली, कोषराज वन्त र शैलेन्द्र श्रेष्ठविरुद्ध पनि मुद्दा परेको थियो । जसमा विशेष अदालतले सबैलाई सफाइ दिएको थियो । अकूतसम्बन्धी मुद्दामा पनि बस्नेत जोगिएका छन् । पदमा हुँदा करोडौंको सम्पत्ति जोडेको आरोप उनीमाथि थियो ।

त्यस्तै, सशस्त्रका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठको छानबिन पनि तामेलीमा परेको छ । तामेलीमा परेसँगै उनी राजनीतिमा लागेका छन् । गत साता उनी राप्रपामा प्रवेश गरेका छन् ।

नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्द निरौलाको फाइल पनि थन्किएको छ । विमानस्थलमा हुँदा सुन तस्करीमा सहयोग गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलेको थियो । जसमा उनले सफाइ पाएका छन् । सुन काण्डमा मुछिनुअघि उनी विमानस्थलबाट एक यात्रुको आइप्याडलगायत सामान घर लगेको घटनामा पनि मुछिएका थिए ।

सुन काण्डमा गोरे समूहलाई सहयोग गर्नेलगायत अन्य केही प्रहरी

अधिकारीले करोडौैंको सम्पत्ति जोडेका छन् । हालै राजनीतिमा लागेका प्रहरीका केही अवकाशप्राप्त अधिकारीमाथि भने छानबिन चलिरहेको स्रोत बताउँछ ।

त्यस्तै, विवादास्पद डिएसपी श्यामकुमार राईको सम्पत्ति छानबिन पनि रोकिएको छ । उनी बौद्ध वृत्तमा हुँदा घुससहित पक्राउ परेकामा पछि अदालतबाट सफाइ पाएका थिए । उनले धेरै सम्पत्तिको स्रोत खुलेको थिएन । तर पनि तामेलीमा राखिएको छ ।

सशस्त्रका डिएसपी मोहनराज विष्ट, नेपाल प्रहरीका इन्सपेक्टर लोकबहादुर जिसीमाथिको छानबिन पनि रोकिएको छ । जिसी गैंडाकोटमा हुँदा नक्कली चालक खडा गरी वास्तविक चालकलाई जोगाएको घटनामा निलम्बनमा परेका अधिकृत हुन् । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!