२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

दाङ ट्राफिकको प्राङ्गणमा नव निर्मित श्रीदेवी भगवतीको मन्दिर एसपी वलीद्वारा उद्घाटन

Logo
प्रकाशित मंगलबार, आश्विन ११, २०७९

(सागर थापा)

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको परिसर भित्र श्रीदेवी भगवती मन्दिर घटस्थापनाको दिन सोमबार बिहान भएको कार्यक्रमको
प्रमुख अतिथिती जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले श्रीदेवी भगवती मन्दिरको पुजापाठ गरेर उद्घाटन गर्नुभएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले श्रीदेवी भगवती मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरुको नाम पढेर सार्वजनिक गर्नुभएको थियो ।

प्रमुख अथिती एसपी वलीले आफ्नो कार्यालय भित्र पबित्र श्रीदेवी मन्दिरको दर्शन गर्न पाउदा सम्पूर्ण सहयोगी मनहरु प्रति अभार प्रकट गर्दै जिबन्त रहिरही पबित्र मन्दिरको आस्था राख्दै आफ्नो मन्दिरमा पुजा गर्न पाउदा खुशी व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी राजन गौतम नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख
प्रहरी निरीक्षक गजेन्द्र बहादुर शाही
दाङ जिल्लाका सम्पूर्ण ट्राफिक प्रहरी युनिटहरु नागरिक समाज बुद्धिजीवी स्थानीय जनप्रतिनिधि वडा अध्यक्षहरु यातायात व्यावसायिहरु विभिन्न मिडियाका पत्रकारहरु लगाएतको सहभागिता रहेकोे थियो ।

कार्यक्रमको संचालन अस्थाई ट्राफिक पोस्ट लमहीका प्रमुख बिक्रम बिकले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!