२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

तनहुँमा शान्ति सुरक्षा मजबुत बनाउन प्रहरी प्रमुख एसपी रेग्मीको निर्देशन

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९

ABC (क्राईमबिट)
तनहुँ । प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मी चावपर्वको समयमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन मातहतका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
प्रहरी प्रमुख रेग्मीले आइतबार मातहतका प्रहरी अधिकृतहरुलाई सो निर्देशन दिएका हुन् । प्रहरी प्रमुख रेग्मीले चाडपर्वका समयमा मादक पदार्थ सेवनका कारण झैझगडा र सवारी दुर्घटनाको संख्या बढ्ने हुँदा त्यस तर्फ विशेष ध्यान दिन समेत निर्देशन दिएका थिए ।

त्यस्तै ग्रामीण क्षेत्रहरुमा सञ्चालन सवारी साधानहरुमा क्षमता भन्दा बढी यात्रुहरु राखेर सवारी साधान चलाउने हुँदा त्यस तर्फ पनि विशेष ध्यान दिन प्रहरी प्रमुख रेग्मीले निर्देशन दिएका थिए ।
त्यसैगरी सवारी साधानको टिकटक विक्रि वितरणमा हुने ठगि, अवैध मदिरा विक्रि वितरण, लुटपाट र ठगिको धन्दामा समेत प्रहरीले विशेष ध्यान दिनुपर्ने प्रहरी प्रमुख रेग्मीको भनाई रहेको थियो । चाडपर्वको समयमा मोवाईल गस्ती, मोटर साइकल र पैदल गस्तीको समेत व्यवस्था गरिएको प्रहरी प्रमुख रेग्मीले बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!