२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

२ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजीको नाममा मासिक एक करोड असुली सुरु ?

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । तराईको मुखमा तराईका जिल्लाहरूमा संस्थागतरूपमा प्रहरीले पैसा असुली थालेको छ । मधेस प्रेदशका डिआइजी मसाउद आलम खाँको नाममा मात्र घुमुवाले महिनामै एक करोड रुपैयाँसम्म असुल्ने गरेको तथ्य भेटिएको छ ।

प्रहरी प्रधान कार्यालयमा परेको एक उजुरीमा बारा जिल्लामा मात्र डिआइजी र एसपीको नाममा मासिक ४३ लाख ५० हजार रुपैयाँ उठाउने गरिएको उल्लेख छ । पथलैयाका असइ मनोज यादव र अमलेखगञ्जका असइले यसरी जुवादेखि तस्करीसम्मका कामबाट पैसा उठाउने गरेका हुन् । प्रमाणसहित परेको उजुरीमा छानबिन भए तराईका धेरै घुमुवाको जागिर जाने निश्चित छ ।

पथलैया र अमलेखगञ्जमा हुने जुवाबाट मात्र मासिक चार लाख ५० हजार रुपैयाँ उठाउने उजुरीमा उल्लेख छ । कवाडबाट मासिक तीन लाख ५० हजार र चेकजाँचबाट दैनिक १० हजार घुस उठ्ने गरेको छ
त्यस्तै तराईमा वर्षौँदेखि सेटिङ मिलाउँदै आएका घुुमवा वरिष्ठ सइ सागरशम्शेर जबरासँग मिलेर तस्करी चलाउने बालकृष्ण थापाले मासिक एक लाख दिने गरेका छन् । वीरगञ्ज ट्रान्सपोर्टका रज्निस गुप्तासँग एक लाख ५० हजार, गढीमाई ट्रान्सपोर्टका मदन गुप्ता, मदन यादव, रामेश्वर तिवारीसँग दुई लाख ५० हजार लिने गरेका छन् । उनीहरुले कपडा, हार्डवेयर र खाद्यान्न तस्करी गर्दै आएका छन् ।

पशुपति ट्रान्सपोर्टका राजेन्द्र गुप्ता रौनियार, विनोद रोडवेजका विनोद अग्रवाल, वीरगञ्ज नगवाका उमेशलाल तेली, कमल पटेलले मासिक दुई लाखभन्दा धेरै प्रहरीलाई बुझाउने गर्दछन् ।

त्यस्तै, डम्बर थापा, सजन अग्रवाल, धिरज गुप्ता, पाथिभरा ट्रान्सपोर्टका राजेन्द्र गुप्ता, जयबुद्ध ट्रान्सपोर्टका प्रकाश साह, गुडु साह, झापाका दीपक जैन र बिके सुवेदी, रौतहटका सुनिल जैसवाल, रामचन्द्र अग्रवाल, सर्लाहीका अन्तोष दास, जनकपुरका दिनेश चौधरी, सप्तरीका राजन गुप्ताले पनि घुमुवाहरुसँग मिलेर तस्करीको लाइन चलाएका छन् । एक दिनको उनीहरुको कल रेकर्ड हे¥यो भने सबै कुरा पुष्टि हुने बाराका एक प्रहरी अधिकारी बताउँछन् । ‘डिआइजी र एसपीको संरक्षणबिना यस्तो धन्दा सम्भव नै छैन’, ती प्रहरी भन्छन्, ‘दसैँको मुखमा अहिले दैनिक लाखौं लेनदेन हुन्छ ।

मधेसका हरेकजसो जिल्लामा यतिबेला घुुमवामार्फत असुली धन्दा चलेको छ । मधेसका डिआइजी खाँले पछिल्लो समय महिनामै घुमुवामार्फत करोड उठाउन थालेका छन् । वीरगञ्ज जिल्लामा त दैनिक नै १० लाखभन्दा धेरै लेनदेन हुने गरेको स्रोत बताउँछ ।

सबैभन्दा धेरै कमाई पर्साका एसपी रमेश बस्नेत र बाराका होबिन्द्र बोगटीको छ । केही प्रहरीहरु आफूहरु प्रहरी प्रधान कार्यालयबाट खटिएको भनेर यस्तो धन्दामा लागेका छन् । सशस्त्र प्रहरीको ध्यान पनि तस्करीकै सामानबाट पैसा असुल्नेमा केन्द्रित छ । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]