२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

आईजीपी सिंहको निर्देशन सबै प्रहरीलाई कानूनी राज्यको प्रत्याभूति हुनेगरी काम गर्नू

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी लाग्ने बताएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट लाग्न निर्देशन दिए ।

आम नागरिकलाई कानूनी राज्यको प्रत्याभूति दिलाउने गरी काम गर्न निर्देशन दिँदै उनले आम प्रहरीले आचरण, इमानदारिता र निष्ठामा ख्याल गर्नुपर्ने बताए । आईजीपीको कार्यालयमा पाँच सय एक दीक्षित भएका थिए ।

हरेक अवस्थामा सम्यमता अपनाएर काम गर्नुपर्ने भन्दै उनले कर्तव्यनिष्ठ भएर कार्य क्षेत्रमा लाग्नुपर्छ भने । हरेक काम कारबाही व्यावसायिक, पारदर्शी र नागरिकका पक्षमा हुनुपर्ने भन्दै उनले सबैको भरोसा र आशाको केन्द्र प्रहरी बन्नुपर्ने बताए । सो अवसरमा तालिम संयोजक प्रहरी उपरीक्षक प्रकाश मल्लले तालिमसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारीले दीक्षित भएका प्रहरी नायब निरीक्षकलाई शपथ ग्रहण गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!