२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ एसपीको रोहबरमा घोराही तुल्सीपुर चार लेन सडकका खाडलहरू पुरिए

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९


(ABC-Sanchar)
दाङ । घोराही उपमहानगरपालिका र तुल्सीपुर उपमहानगरपालिकाले यसअघि ठकेदार कम्पनीले नै आफै खाडल पुर्ने प्रतिबद्धता जनाएको थियो। तर ठेकेदार कम्पनीले भनेजस्तै काम नगरेपछि दुई पालिकाले खाडल पुर्ने निर्णय स्वीकार गरेका हुन्।

दशैं तिहार जस्ता चाडपर्व नजिकिए पनि सडकको अवस्था वेहाल रहेको भन्दै स्थानीय पालिकाले आ-आफ्नो क्षेत्रको सडकका खाडल पुर्ने भएका हुन्।

यसअघि जिल्ला समन्वय समितिको बैठकमा निर्माण कम्पनीले १५ दिनभित्र खाडलहरु पुरिसक्ने प्रतिबद्धता जनाएका थियो।

सहमती अनुसार निर्माण कम्पनीले एउटा खाडल पनि नपुरे पछि मंगलबारको बैठकमा घोराही र तुलसीपुर उपमहानगरपालिका मिलेर सडकका खाडल पुर्ने प्रतिबद्धता जाहेर गरेका हुन्।

यसका लागि निर्माण कम्पनीले टिप्पर, जेसेबी, लोडर र ग्रेडर उपलव्ध गराउने सर्वदलीय/सर्वपक्षीय सहमती भएको छ।

असोज ६ गते चार लेन सडक निर्माण कम्पनीले ती यान्त्रिक उपकरणहरु सम्बनन्धित पालिकालाई उपलव्ध गराउने र सम्बन्धितत पालिकाले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको समेत उपस्थितिमा खोलाजन्य पदार्थको व्यवस्थापन गरि खाडल पुर्ने सहमति भएको हो।

जिल्ला समन्वय समितिका प्रमुख तथा चार लेन सहजीकरण समितिका संयोजक नित्यानन्द शर्माको अध्यक्षतामा बसेको बैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले अझैं ठेकेदारको विश्वास गरी बसिरहे खाडल कहिल्यै नपुरिने भएकाले आवस्यक उपकरण उपलव्ध गराउन माग गरेका थिए।

तुलसीपुरका मेयर टीकाराम खड्काले ठेकेदार कम्पनीको प्रतिबद्धता अनुसार काम नभएपछि आफूहरू मिलेर खाडल पुर्न लागेको बताए।

घटस्थापनासम्म तुलसीपुर– घोराही चार लेन सडक अन्तर्गत सडकका सबै खाडल पुरिसक्ने दुई मेयरले साझा प्रतिवद्धता व्यक्त गरेका छन्।

काम भए-नभएको बारे घटस्थापनाको दोस्रो दिन (असोज १० गते) फेरि समन्वय समितिको अर्को बेठक बस्ने निर्णय पनि भएको छ। उक्त बैठकले कार्य समिक्षा गर्नेछ।

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख वीरवहादुर वली, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी, परियोजनाका कन्सल्टेन्ट ईश्वर अमागाई, निर्माण कम्पनीका शेखर शर्मा, दाङ उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठ, यातायात व्यवसायी शिवराज पन्थी लगायतले ठेकेदार कम्पनीले काम नगरेको हुँदा स्थानीय पालिकालाई खाडल पूर्ण जिम्मा लिन आग्रह गरेका थिए।
नारायण खड्काबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!