ABC (क्राईमबिट)
तनहुँ । भानु नगरपालिका वडा नं ९ काउरेटार स्थितमा चालक जिल्ला तनहुँ भानु नगरपालिका वडा नं. ८ देउरालीटार बस्ने बर्ष ४० को थमन बहादुर नेपालीले चलाएको ग. १ त. ४२०२ नं को ट्याक्टरलाई चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरको पछाडी ट्रलीमा त्रिपालले छोपी ल्याएको अवस्थामा अबैध सालको काठ गोलिया थान २१ ५३.८८ क्यु.फिट फेला पारी उक्त अबैध सालको काठ, ट्याक्टर तथा ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय दमौली तनहुँ पठाईएको ।