२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

मन्दिर पसेको भन्दै दलितमाथि कुटपिट

Logo
प्रकाशित बिहिबार, आश्विन १३, २०७९

बाजुरा । पूजा गर्ने समयमा मन्दिर पसेको भन्दै दलितलाई कुटपिट गर्ने एक वडाध्यक्ष पक्राउ परेका छन्। त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका हुन्।अध्यक्ष जुद्ध ऐडी लगायतको समूहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा हातपात गर्नुका साथै आफूसँग भएको नगद ६० हजार पनि खोसेर लगेको पीडित टेकेन्द्र सुनारले बताएका छन्।हाल कञ्चनपुर बस्दै आएका सुनार नवरात्री बस्न भनेर पुर्ख्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर गएका थिए। मन्दिरमा पूजा गर्न जाँदा वडाध्यक्ष अयडीको समूहले पूजा गरिरहेको ठाउँङ्गा आउन मिल्दैन भन्दै ‘डुम’ शब्द प्रयोग गरी जातीय विभेद गर्दै कुटपीट र लुटपाट गरेको पीडित सुनारले बताएका छन्।घाइते सुनारको आँखा, कान, नाक र पीठ्युमा चोट लागेको प्रहरीले जनाएको छ। वडाअध्यक्ष ऐडी र मन्दिरका पूजारी रङ्ग उपाध्यायविरुद्ध पीडित सुनारले बडिमालिका प्रहरी चौकी पैमामा जातीय विभेद र लुटपाटसम्बन्धी जाहेरी दिएपछि अयडीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिए। घटनामा संलग्न २ जना भने अझै फरार रहेका डीएसपी थापाको भनाइ छ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!