२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पूजाआजा र बलि चढाउनेको बिहानैदेखि घुइँचो

Logo
प्रकाशित सोमबार, आश्विन १७, २०७९

ABC ( Sanchar)                                                प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पूजाआजा र बलि चढाउनेको बिहानैदेखि घुइँचो लागेको छ । घटस्थापनाको आठौैँ दिन महाअष्टमीको अवसर पारेर आज बिहानैदेखि बागेश्वरी मन्दिरमा विधिवत् पूजाआजा तथा बलि दिने भक्तजनको भीड लागेको बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले जानकारी दिए ।

उनका अनुसार मन्दिरमा पूजाआजाको लागि श्रद्धालु भक्तजन बिहान ३ बजेदेखिनै लाइनमा लाग्ने गरेका छन् । मन्दिरमा बोका, कुखुरा र हाँसको बलि चढाउने गरिएको छ । बलिको लागि दिइने भेटीको रसिद काट्नुपर्ने व्यवस्था मन्दिर व्यवस्थापन समितिले गरेको छ ।साभार

छिमेकी जिल्लालगायत छिमेकी मुलुक भारतबाट पनि बागेश्वरीमा श्रद्धालु भक्तजनहरु आएर पूजापाठ गरी बलि चढाउने चलन रहेको छ । घटस्थापनाकै दिनदेखि नवरात्रिभर बागेश्वरी मन्दिरमा विशेष पूजापाठ गरिन्छ ।

बागेश्वरी मन्दिरमा घटस्थापनाको दिनदेखि नौ दिनसम्म नवदुर्गा भवानीको पूजापाठ गर्ने धार्मिक मान्यता हुनुको साथै नवमीको दिन विभिन्न स्थानबाट आएका भक्तजनले आफ्नो भाकल पूरा भएको खुसी मनाउँदै जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्ने चलन चलिआएको छ ।

भक्तजनलाई व्यवस्थित गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!