२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

बैराती स्कुलअगाडि एक पुरुषले गोली हानेर आत्महत्या

Logo
प्रकाशित मंगलबार, कार्तिक ०१, २०७९

झापाको गौरादह नगरपालिका वडा नम्बर ८ बैराती स्कुलअगाडि एक पुरुषले गोली हानेर आत्महत्या गरेका छन्।

आफूले बोकेको पेस्तोलबाट गोली हानेर मंगलबार साँझ आत्महत्या गरेको स्थानीयवासीको उद्धृत गर्दै प्रहरीले बताएको छ।

गौरादह ८ बस्ने  वीरन साहले गोली हानी आत्महत्या गरेको स्थानीयवासीले बताएका हुन्। मृतकले सुरूमा उनका भतिजालाई गोली हानेको र आफूसँग भएको पेस्तोलबाट आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेको स्थानीयवासीको भनाइ छ।

गोली लागेर गम्भीर घाइते साहका भतिजा १४ वर्षीय बालकलाई उपचारका लागि बिएन्डसी अस्पताल, बिर्तामोड लगिएको छ। बिएन्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीका अनुसार घाइतेको अवस्था चिन्ताजनक छ। उनको उपचार भइरहेको छ।

स्थानीय स्रोतले आत्महत्या गरेका वीरन साह पूर्व प्रहरी भएको बताएका छन्। तर गोली हानी आत्महत्या गरेको घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छैन।

घटनाका बारेमा सामान्य जानकारी आए पनि यथार्थ नआएको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताए।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!