२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

अवैध चिनी लोड गरिएका दुईवटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, कार्तिक ०२, २०७९

पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा परासी राजमार्गबाट करिब ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनी सहित दुईवटा ट्रक सशस्त्र प्रहरिले नियन्त्रणमा लिएको छ ।

ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बीओपी हरपुर र महेशपुर भन्सार कार्यालयले
नियन्त्रणमा लिएको हो ।

बरामद चिनी तथा दुईवटै ट्रक आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]