२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

सहकारी कर्मचारीमाथि गोली प्रहार

Logo
प्रकाशित बुधबार, कार्तिक ०२, २०७९

सर्लाहीमा सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।

मंगलबार बिहान ११ः१५ बजे बागमती नगरपालिका–१ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि कार्यालयमा काम गरिरहेको अवस्थामा गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी विजय यादवले जानकारी दिए।

डीएसपी यादवका अनुसार भारतीय नम्बर प्लेटको नीलो रङको मोटरसाइकलमा सवार तीन जना अपरिचित व्यक्तिको समूहले कार्कीमाथि तीन राउण्ड गोली प्रहार गरेका थिए। गोली प्रहार गर्ने व्यक्तिहरू फरार छन्।

कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, देब्रे कोखा र दाहिने तिघ्रामा गोली लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते कार्कीलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

गोली प्रहारपछि फरार रहेका व्यक्तिहरूको जिल्लाभरिका सबै प्रहरी इकाइहरूबाट प्रहरी टोली खटाएर खोजी भइरहेको डीएसपी यादवले बताए।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!