२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

निर्वाचन केन्द्रित सुरक्षा सम्बन्धि सुरक्षा प्रमुखहरुको बैठक काठमाडौंमा सम्पन्न

Logo
प्रकाशित बुधबार, कार्तिक ०२, २०७९


(सागर थापा)
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश
सभा निर्वाचन २०७९ केन्द्रित सुरक्षा समन्वयात्मक बैठक उपत्यका कमाण्ड हेडक्वाटर नारायणहिटी काठमाडौंमा बुधबार सम्पन्न भएको छ ।


निर्वाचनको सुरक्षा चुनौती र काठमाडौं उपत्यकाको समग्र शान्ति सुरक्षाको सम्बन्धमा उपत्यका पृतनापति उपरथी योगराज शर्मा, काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक, सशस्त्र प्रहरी बल नेपाल, श्री नं.९ पशुपतिनाथ बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुसन्धान विभागका सह- अनुसन्धान निर्देशक भूमी पाठक र अन्य सुरक्षा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

बैठकले सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै सुरक्षा योजना बमोजिम सबै सुरक्षा निकायको समन्वयमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने तथा नियमित तथा आकस्मिक रूपमा छलफल एवम् समन्वय गरी उपत्यकाको निर्वाचन लाई निष्पक्ष, त्रुटिरहित, भयरहित एवम् शान्तपुर्ण वातारणमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!